Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एनपीएलमा लुम्बिनीले बनायो हालसम्मकै उच्च स्कोर, विराटनगरले पायो १९२ रनको विशाल लक्ष्य


१९, मंसिर २०८१
  • 160
    SHARES
  • एनपीएलमा लुम्बिनीले बनायो हालसम्मकै उच्च स्कोर, विराटनगरले पायो १९२ रनको विशाल लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले हालसम्मकै उच्च स्कोर खडा गर्दै विराटनगर किंग्सलाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।

    त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकट गुमाएर १९१ रन जोड्यो ।

    लुम्बिनीले प्रतियोगिताकै हालसम्मको उच्च योगफल खडा गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो ।

    लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले २९ बलमा २ छक्का र चार चौका प्रहार गरेका थिए । विराटनगरले खराब बलिङ गर्दै २९ अतिरिक्त रन खर्चिएको थियो जसमा १४ वाइड थिए ।

    यस्तै इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे । विवेक यादवले ७ बलमा अविजित १९ रन बनाए ।

    अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाए । बेन कटिङ ६ रन बनाएर आउट भए । रामोन सिमोण्ड्स २ रनमा अविजित रहे ।

    विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १ विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend