काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार चौथो जित हात पारेको छ ।
हर्ष थाकरले जनकपुरका लागि ५ विकेट लिएपछि लुम्बिनी ८ गुमाउँदै जम्मा १३५ रनमा समेटिएको छ ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेल ३५, टम मुर्स ३१, आशुतोष घिरैया १४, अर्जुन साउद २०, बेन कटिङ तीन, साद विन जाफर र विवेक यादव शून्यमा आउट भए । जनकपुरका लागि थाकरको पाँचसहित ललित राजवंशी, किशोर महतो, शेर मल्लले एक एक विकेट लिए ।
टस हारेर ब्याटिङका उत्रिएको जनकपुर बोल्टका लागि शुभ कन्सकार २४ रन अविजित रहे । कप्तान अनिल साह ४५, लाहिरू मिलान्था २४, आशिफ शेख १६, हेमन्त धामी नौ, मोहम्मद मोहसिन तीन, जेम्स निसम एक, ललित राजवंशी र शेर मल्ल शून्य हुँदै १३६ रन बनाएको थियो ।
लुम्बिनीका लागि अभिशेष गौतम तीन, कप्तान पौडेल र साद विन जफर समान दुई र सन्दिप जोराले एक विकेट लिए । जनकपुर जारी एनपीएलमा अपराजित छ । उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो ।
लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ । यसअघि तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ । लुम्बिनी विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार व्यहोरिसकेको छ ।