काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न गर्नका लागि विधानमा व्यवस्था भएका केही विषय परिमार्जन गरेको छ ।
पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विधानलाई परिमार्जन गर्ने प्रस्ताव आएअनुसार पारित गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार भ्रातृ संगठनहरुको अधिवेशन चैतभित्र गर्ने यसअघि नै निर्णय भइसकेको छ । सोहीअनुसार तरुण दल र किसान संघले अधिवेशनको काम अघि बढाइसकेको अवस्थामा आवश्यकताअनुसार विधानलाई परिमार्जन गरिएको उनको भनाइ छ ।
त्यस्तै बैठकले विदेशस्थित जनसम्पर्क समिति अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ ।