Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एनपीएलका १५ खेल सकिँदा सर्वाधिक रन जोड्नेमा रोहित शीर्ष स्थानमा


२४, मंसिर २०८१
  • 185
    SHARES
  • एनपीएलका १५ खेल सकिँदा सर्वाधिक रन जोड्नेमा रोहित शीर्ष स्थानमा

    काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म १५ वटा खेल सकिएका छन् ।

    मंसिर १५ गतेबाट सुरु भएको एनपीएलमा हालसम्म ६ वटा टिमले समान ४ खेल खेलिसकेका छन् भने पोखरा र काठमाडौं गुर्खाजले समान ३ खेल खेलेका छन् ।

    झण्डै आधा खेल सकिँदा हालसम्म अपराजित रहेको जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ, भने लुम्बिनी लायन्स पुच्छरमा छ । ४ खेल खेलेको जनकपुर शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहँदा लुम्बिनीले अंक जोड्न सकेको छैन ।

    चार खेलमध्ये समान तीन जित र एक हार भोगेका सुदूरपश्चिम रोयल्स र चितवन राइनोज समान तीन जित र एक हारसहित क्रमश दोस्रो र तेस्रो स्थानमा रहँदा ४ मध्ये २ खेल जितेको कर्णाली याक्स चौथो स्थानमा छ । जारी एनपीएलमा हालसम्म ७ टिमका १४ जना ब्याटरले अर्धशतक हिर्काउँदा १ जनाले शतक प्रहार गरेका छन् ।

    कर्णाली याक्स र चितवन राइनोजका तीन–तीन ब्याटरले अर्धशतक बनाएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सका दुई–दुई ब्याटरले अर्धशतक बनाएका छन् ।

    पोखरा र विराटनगरका एक-एक जना ब्याटरले अर्धशतक हिर्काउँदा काठमाडौं गुर्खाजका कुनै पनि खेलाडीले अर्धशतक प्रहार गर्न सकेका छैनन् । काठमाडौंबाट सुमित महर्जनले हिर्काएको ४० रन नै सर्वाधिक स्कोर हो ।

    हालसम्म पोखरा एभेन्जर्सबाट लुम्बिनी लायन्सविरुद्ध आन्द्रिय गौसले शतक हिर्काएका छन् । उनी एनपीएलमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । ५२ बलमा गौशतले शतक पूरा गरेका हुन् । एक जनाले मात्र शतक हिर्काउँदा हालसम्म १४ जनाले अर्धशतक प्रहार गरेका छन् ।

    हालसम्म मार्टिन गप्टिल, लहिरु मिलान्था, अनिल साह, दीपेन्द्रसिंह ऐरी, रवि बोपारा, शिखर धवन, ब्रान्डन म्याकमुलम, रवि बोपारा, रोहितकुमार पौडेल, दिनेश खरेल, सैब जैब, विवेक यादव, विलियम बोसिस्टो, देव खनाल र हसन एसाखिलले अर्धशतक हिर्काएका छन् । जसमा रवि बोपाराले दुई अर्धशतक हिर्काएका छन् ।

    एनपीएलको १५ खेल सकिँदा जितविहीन रहेको लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल सर्वाधिक रन जोड्ने खेलाडीको शीर्ष स्थानमा छन् । एक खेलमा ९५ रनको धुँवादार ब्याटिङ गरेका रोहितले हालसम्म १८१ रन जोडेका छन् । यो सूचीको दोस्रो स्थानमा १६८ रन जोडेका जनकपुर बोल्ट्सका लहिरु मिलान्था दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका रवि बोपाराले १५७ रन जोडेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend