Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षाको सुधारका लागि १२ बुँदे सहमति गर्नुपर्छ : सांसद श्रेष्ठ


२४, मंसिर २०८१
  • 182
    SHARES
  • शिक्षाको सुधारका लागि १२ बुँदे सहमति गर्नुपर्छ : सांसद श्रेष्ठ

    काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षाको सुधारका लागि १२ बुँदे सहमति हुनुपर्ने बताएकी छन् ।

    शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले विगतमा राजनीतिक दलहरूबीच १२ बुँदे राजनीतिक सहमति भएझैँ शिक्षाको विकासका लागि समेत १२ बुँदे सहमति गर्नुपर्ने बताएकी हुन् ।

    ‘दलहरूबीच १२ बुँदे सहमति भयो । अहिले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि त्यसरी नै दलहरूबीच सहमति हुनुपर्छ,’ उनले भनिन् । दलहरूले शिक्षाको विकासका लागि गरेको घोषणापत्र तथा बाचापत्रका आधारमा सहमति गरिनुपर्ने उनको भनाइ थियो ।

    विद्यालय शिक्षा विधेयकमा यसअघिका विद्यमान ऐनमा के के कुराको कमी छ त्यसमा नभएका कुरा ल्याउनुपर्ने बताइन् । ‘मन्त्रालयको तर्फबाट अहिलेको कानुनमा के के छ, विधेयकमा के के छैन ? किन विधेयक ल्याउन खोजेको हो त्यो ल्याउनुपर्छ । कानुन नभएर नचलेको होइन । त्यसको कार्यान्वयन नभएर समस्या देखिएको हो,’ उनले भनिन् ।

    अहिलेको विधेयकमा शिक्षकको विषय बढी भएकाले विधेयकलाई शिक्षा विधेयक भन्दा पनि शिक्षक विधेयक भन्नुपर्ने उनको भनाइ छ । विद्यार्थी केन्द्रित विधेयक बनाउने हो भने शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताइन् । अहिलेको विधेयकमा राखिएको जिल्ला शिक्षा कार्यालय खारेज हुनुपर्ने उनको भनाइ थियो । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend