Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रोहितको शानदार इनिङमा लुम्बिनीले लगायो जितविहीन यात्रामा ‘ब्रेक’, चितवन ३३ रनले पराजित


२५, मंसिर २०८१
  • 144
    SHARES
  • रोहितको शानदार इनिङमा लुम्बिनीले लगायो जितविहीन यात्रामा ‘ब्रेक’, चितवन ३३ रनले पराजित

    काठमाडौं । कप्तान रोहितकुमार पौडेलले फेरि एउटा सानदार इनिङ्स खेलेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।

    लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमात्र जोड्न सक्यो ।

    चितवनका लागि लुक बेनकेन्सटाइनले ३१, नर बहादुर शार्कीले २२ तथा कुशल मल्लले २० रन जोडे ।

    बलिङतर्फ लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सानदार इनिङ खेले । ब्याटिङमा सर्वाधिक ८० रन बनाएका कप्तान रोहितले बलिङमा पनिआज उत्कृष्ट प्रदर्शन गरे ।

    उनले ४ ओभर स्पेशलमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् । मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् ।

    रामोन सिमण्ड्सले २ विकेट लिँदा साद विन जफर र अभिशेष गौतमले समान १ विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend