काठमाडौं । एनपिएल क्रिकेटमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्समाथि फराकिलो जित निकालेको छ ।
स्टेफन इस्किनाजीको अर्धशतकमा काठमाडौं गुर्खाजले आज (शनिबार) भएको खेलमा पोखरा एभेन्जर्समाथि ६ विकेटको फराकिलो जित निकालेको हो ।
काठमाडौं गुर्खाजले १ सय ३९ रनको लक्ष्य १४.१ ओभरमै भेट्टाएको हो । उसले १ सय ४२ रन बनाउँदै पूरा गरेको थियो ।
जितपछि काठमाडौं गुर्खाजको ६ खेलमा ६ अंक भएको छ । चितवन राइनोजको पनि ६ अंक नै छ । उता, जनकपुर बोल्ट्स १० अंकसहित शीर्ष स्थानमा छ ।
सुदुरपश्चिम रोयल्स र कर्णाली याक्सको समान ८ अंक छ । काठमाडौं गुर्खाजले अब अन्तिम खेल आइतबार विराटनगर किंग्ससँग खेल्नेछ ।