Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शान्ति र पर्यटनका लागि बौद्धसञ्चार यात्रा  


११, पुस २०८१
  • 153
    SHARES
  • शान्ति र पर्यटनका लागि बौद्धसञ्चार यात्रा  

    लुम्बिनी। ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि सञ्चार यात्रा’ भन्ने नाराका साथ भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म विहिबार बौद्ध सञ्चार यात्रा गरिएको छ । लुम्बिनी प्रेस क्लबको दर्शौ स्थापना दिवसका अवसर पारेर विश्वशान्तिको कामना सहित सञ्चारकर्मीहरुको पैदलयात्रा गरिएको हो । विहान भैरहवा बुद्धचौकदेखि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा बौद्धसञ्चारयात्रा गरिएको थियो ।

    त्रिपिटकमा समेत बुद्धको यात्राबारे वर्णन गरिएको र बुद्धका उपदेश मानवता र शान्तिका लागि आवश्यक रहेकाले एक सय जनाको सहभागितामा २४ किमिको  ‘बौद्ध सञ्चार यात्रा’ गरिएको लुम्बिनी  लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिए । विश्वमा मानिसहरुमा शान्ति, करुणा र मानवता हराउँदै गएको अवस्थामा कलमजीविहरुले पनि समाजमा सकरात्मक उर्जा दिनका लागि यात्रा गरिएको उनले बताए ।

    लुम्बिनी पुगेका सञ्चारकर्मी लगायतको टिमलाई लुम्बिनी विकास कोषका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे । लुम्बिनी पुगेका प्रमुख जिल्ला अधिकारी सहित सञ्चारकर्मीहरुलाई सदस्य सचिव शाक्यले खादा ओढाएर स्वागत गरेका हुन् । बौद्धसञ्चारयात्राको टोलीले लुम्बिनीमा संक्षिप्त कार्यक्रम गरेर यात्रा टुग्याएको थियो ।

    उक्त अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भैरहवादेखि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीसम्मको यात्राले सकरात्मक उर्जा पैदा गरेको बताए । पैदलयात्रा गरेर लुम्बिनी पुगेका प्रमुख जिल्ला अधिकारी घिमिरेले २४ किमिको दुरीको यात्राले शरीर थाकेपनि मनमा थप उर्जा पैदा भएको बताए । ‘पदयात्राले सकरात्मक उर्जासँगै बुद्धजन्मस्थल लुम्बिनीका बारेमा प्रचार प्रसार गर्न मदत गरेको छ’ उनले भने ।

    IMG_7727.JPGयस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचि सानुराजा शाक्यले बुद्धले गृहत्याग गरेदेखि हिडेर जीवन विताएको उल्लेख गर्दै त्यहीबेलाको सन्देश बोकेर सञ्चारकर्मीहरुले गरेको पैदलयात्रा गरेकोमा धन्यवाद दिए । उनले बौद्ध सञ्चार यात्राले लुम्बिनी र शान्तिको सन्देशबारे सकरात्मक सन्देश दिएको समेत बताए । उक्त अवसरमा प्रेस क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपक घिमिरे, महासचिव प्रकाश न्यौपाने लगायतले बोल्दै  सधैं कापी–कलम र क्यामेरा बोकेर सूचना लिन जानेमात्र नभई लुम्बिनीबाट आध्यात्मिक ऊर्जा प्रदान गरेर पर्यटन प्रवद्र्धनमा जुटेको बताए ।

    मायादेवी मन्दिरमा सहभागीहरुलाई भिक्षु श्रीबजिरले १० मिनेट ध्यान गराएका थिए । यात्राका सहभागीलाई ठाउँठाउँमा स्थानीयले स्वागत गरिएको थियो । सञ्चारकर्मीसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायी, पर्यटन उद्यमी, भिक्षु, लामा, नागरिक अगुवा र अधिकारकर्मी गरी एक सय जनाले पैदल यात्रा गर्दै मायादेवी मन्दिरमा समापन गरिएको थियो ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend