रोल्पा । जंगली बिषालु च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
लुंग्री गाउँपालिका-५ काला पोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको जंगली च्याउ खाँदा बिरामी परेका थिए।
जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो भने त्यहाँ उपचार सम्भव नभएपछी लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो।
उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।