Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गैडहवा गाउँपालिकाको १५ औं अधिवेशन तथा गाउँ सभा सम्पन्न


इ खबर
२८, पुस २०८१
  • 251
    SHARES
  • गैडहवा गाउँपालिकाको १५ औं अधिवेशन तथा गाउँ सभा सम्पन्न

    गैडहवा। रुपन्देहीको गैडहवा गाउँपालिका गाउँ सभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । ‘कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार पर्यटनसहितको पूर्वाधार विकासको आधार’ मूल नारासहित गैडहवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय विष्णुपुरामा गाउँ सभाको १५ औं अधिवेशन सम्पन्न भएको हो ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकता राखेर काम गरेको बताए । उनले गैडहवा गाउँपालिकाले गौरवका योजना अगाडि बढाएको र भइरहेका कामको स्थानीयलाई सहज र सुलभ रुपमा सेवा दिनुपर्नेमा जोड दिए ।

    पालिका अध्यक्ष पौडेलले आँखाको समस्या धेरै देखिएकोले स्थानीय जनताको उपचारको लागि भैरहवामा आँखा अस्पताल र रगतको लागि बुटवलमा रेडक्रससँग सम्झौता भएको बताए । उनले सुर्यपुरा बहुमुखी क्याम्पस गैडहवा स्वास्थ्य क्षेत्र लगायतलाई प्राथमिकता दिंदै दुईवटा एम्बुलेन्स सेवा, गैडहवा तालको विकास, यशोधरा पार्क वडा नम्बर ९ मा स्वास्थ्य चौकी निर्माण भएको जानकारी दिदै विकासमा सबै जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एकैठाउँ हुनुपर्ने बताए ।

    उनले स्थानीय उत्पादनसँगै स्थानीय आयश्रोत बढाउन सबैको ध्यान हुनुपर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम लगायतले बोलेका थिए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend