Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई 


४, माघ २०८१
  • 115
    SHARES
  • जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई 

    सन्जिब दुलाल, भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले उचालेको हो । 

    यस्तै प्रतियोगितामा ४ स्वर्ण ७ कांस्य र ७ रजतका साथमा भक्तपुर मेन डोजो दोस्रो भएको छ भने २ स्वर्ण ५ रजत र ४ कांस्यका साथ भक्तपुर नगरपालिका डोजो तेस्रो भएको थियो । 

    यस्तै प्रतियोगितामा उदयमान खेलाडीको उपाधि भने एस एस सदनका प्रसून थापा र मदरल्याण्डकी बिपना तसिजुले हात पार्न सफल भएका थिए । 

    उत्कृष्ट खेलाडी तर्फ भने नगदेशका विष्णु थापा र झौखेलकी रुविना सुलुले हात पारेका थिए । 

    प्रतियोगिताको समापन गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले खेलकुदको विकाससँगै देशको पनि विकास हुने बताउनुभएको थियो । उहाँले राज्यले नै खेलाडीहरूको लागि हेर्नु पर्ने बताउँदै स्थानीय तहले खेलकुदको विकासका लागि सक्ने प्रयास गर्नु पर्ने समेत उहाँले बताउनुभएको थियो । 

    चाँगुनारायण नगरपालिकाको प्रयोजन रहेको उक्त खेलमा २५ टिमको सहभागिता रहेको सितोरियो कराते सङ्घ भक्तपुरका अध्यक्ष राजन चित्रकारले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्ला भरका २५ डोजोबाट ३२५ खेलाडी सहभागी रहेका थिए । 

    तौल समूह अनुरूप खेलाइएको उक्त खेलमा २० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश भएको सँघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिनुभयो ।

    खेल डब्ल्यु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइएको त्वातीले  जानकारी दिनुभयो ।

    खेलको उद्घाटन प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गर्नुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, खेलाडी दावा लामा, चाँगुनारायण खेलकुद समितिका अध्यक्ष रघु के.सी. सितोरियो कराते भक्तपुरका पूर्व अध्यक्ष प्रकाश द्यौभडेल, चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधान, पवन भुजु, लगायत खेल क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend