Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोलीको भव्य स्वागत


७, माघ २०८१
  • 141
    SHARES
  • नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोलीको भव्य स्वागत

    काठमाडौं, ७ माघ । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोलीको भव्य स्वागत गरिएको छ । खो खो विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो ।

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

    खो खो विश्वकप फाईनल हेर्न नयाँ दिल्ली नै पुगेका राखेप सदस्य सचिव घिसिङ टिमभन्दा अगाडि नै काठमाडौं आइपुगेका थिए । नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा सहित टोलीको भव्य स्वागत गरियो ।

    हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । तर आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो ।

    विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पुरूष टिमका कप्तान हेमराजले भने, ‘हामी विश्कप खेल्न जाँदा नै पदक जित्छौं भन्ने लक्ष्यका साथ गएका थियौं र दोस्रो भएर आउँदा निकै खुसी छौं । धेरै गर्व पनि लागेको छ, भविष्यमा अझै राम्रो गर्नेछौं।’

    त्यसैगरी महिला टिमकी कप्तान सरस्वतीले लक्ष्य अनुसार सफल भएको र खुशी लागेको बताइन् । नेपाल खो खो संघ अध्यक्ष प्रदिप महर्जनले खो खो विश्वकपमा नेपालले ऐतपहासिक उपलब्धी हासिल गरेको समग्र राष्ट्रले नै गर्व गर्ने क्षण बनेको बताए ।

    पुरूषतर्फ नेपाल भारतसँग ५४(३६ ले पराजित हुँदा महिलातर्फ पनि भारतसँगै ७८-४० ले पराजित भएको थियो । कुनै पनि खेलको टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो नै पहिलो पटक हो ।

    खो खो को महिला र पुरुष दुवै टोली फाइनल पुग्दै इतिहास रच्दा अहिले खो खो खेलको सबैतिर चर्चा भइरहेको छ ।

    खो खो विश्वकपमा नेपाली टिम
    नेपाल पुरूष खो खो टिम स् हेमराज पनेरु ९कप्तान०, जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा

    नेपाल महिला खो खो टिम स् सरस्वती कडायत ९कप्तान०, मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend