Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अलिखित कानुन जसरी नै राखेपलाई चलाउन खोजिएको छ: उपाध्यक्ष ध्रुव आचार्य


१२, माघ २०८१
  • 125
    SHARES
  • अलिखित कानुन जसरी नै राखेपलाई चलाउन खोजिएको छ: उपाध्यक्ष ध्रुव आचार्य

    बुटवल । नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले परिषदभित्र रहेका बेथिती र विकृतिलाई शुन्य बनाउने प्रतिबद्धता गरेका छन् । पदभार ग्रहणपछि नेपाल खेलकुद पत्रकार मंच रुपन्देही शाखाले शनिबार गृहजिल्लामा गरेको स्वागत तथा बधाई कार्यक्रममा उपाध्यक्ष आचार्यले परिषदभित्र धेरै बेथितीहरु रहेको बताए ।

    ‘एक हप्ताको अवधिमा धेरै बेथिति भेटेको बताए । अलिखित कानुन जसरी नै राखेपलाई चलाउन खोजेको प्रमाण समेत भेटेको उनले बताए । ‘कानुनसँग जोडेर यसको चिरफार गर्ने छु ।’– उनले भने । कर्मचारी, संघका पदाधिकारीहरुसँग छोटोअवधिमा अन्तरक्रिया गरि धेरै सुझावहरु प्राप्त गरेको उनले बताए । केही ब्यक्तिहरु कार्यकारी पदलाई दुरुपयोग गरेको उनले आरोप लगाउँदै संघ खारेज र दर्ताको प्रक्रियालाई सहि ढंगमा ल्याउने प्रतिवद्धता जनाए ।

    परिषदलाई खेलाडी र खेलकुदको परिषद बनाउने बताए । बोर्डले नितीगत रुपमा गरेको निर्णयलाई नकार्न नमिल्ने उनको जिकिर थियो । खेलकुद सामग्री वितरणदेखि पुर्वाधार निर्माणसम्म भएको गलत गतिविधिलाई ध्यान दिने बताए । नेपाल सरकारको मन्त्रीपरिषद बैठकबाट निर्णय भएको पदमा बसेर त्यो पदको अक्षरस भूमिका पालना गर्ने बताए । ‘परिषद भित्रका समस्या मसंग ल्याईदिनुस ।’–उनले भने ।

    एकअर्को प्रशंगमा दशौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई कानुन प्रक्रिया पूरा भएपछि गरिने उनले बताए । प्रक्रिया र समयसीमा नपुगी खेल गर्न सकिने सम्भावना नभएको उनले बताए । भौतिक संरचनाको विषयमा संघ, जिल्ला, स्थानीय सरकारको अधिकार क्षेत्रको विषयमा कार्यदल बनाएर टुङ्गो लगाउन लागेको उनले बताए । राखेपमा हाल १०७८ कर्मचारीको दरबन्दी रहेकोमा ७ सय जना कार्यरत रहेको भन्दै समयसापेक्ष कर्मचारी समायोजनको कामलाई तिब्रता दिन लागेको उनले बताए ।

    कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका निवर्तमान सदस्य सचिव तथा पौडी संघका वरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराईले ओलम्पिक कमिटिको विबाद अन्त्य, खेल संघका समस्या, ऐन संशोधन गर्ने र कर्मचारी समायोजनाका विषयमा काम अघि बढाउन सुझाव दिए । सम्पुर्ण खेलकुद संघलाई धरासायी हुने गरि राखेपका पदाधिकारी नै गतिविधि गरिरहेको उनले आरोप लगाए । अवैध संघमार्फत ओलम्पिक कमिटि गठनको गलत अभ्यास हुनु निन्दनीय भएको उनले बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव चन्द्र आचार्य, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाड, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, नगर खेलकुद विकास समिति, तिलोत्तमाका संयोजक लोक पुन, मंचका सचिव स्वस्तिक श्रेष्ठले नेपाली खेलकुद विश्वमा उदाउदो रुपमा रहेको र यसलाई अवसरको रुपमा लिएर अघि बढाउन राखेप लाग्नुपर्ने सुझाव दिए ।

    कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुदको उर्वरभूमी रुपन्देहीलाई विधागत रुपमा स्थापित गर्दै पत्रकारको क्षमता विकासमा सरोकारवाला निकायहरुसँग समन्वय गरि मंचले काम गर्ने बताए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend