काठमाडौं । एन्फा महिला लिगको उपाधिका लागि दुई विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन् ।
उपाधि भिडन्त त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे शुुरु हुनेछ ।
एपीएफले पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । जारी लिगमा एपिएफ एकमात्र अपराजित टोली हो।
लिगको पहिलो चरणका ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै एपीएफ अन्तिम चरणमा पुगेको थियो।
इलिमिनेटर खेलमा बागमती युथ क्लबसँग १–० को कठिन जित निकाले पनि पुलिसलाई फाइनल प्रवेश गर्न आर्मीसँग भने पेनाल्टी सुटआउटको सहारा लिनुपर्यो।
पुलिसले पहिलो चरणमा ६ जित र ३ बराबरी नतिजाका साथ २१ अंक जोडेको थियो।