Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षालाई डिजिटल रुपान्तरको अभियानमा जोड्न बुटवल कन्फ्रेन्स हुने


१६, माघ २०८१
  • 219
    SHARES
  • शिक्षालाई डिजिटल रुपान्तरको अभियानमा जोड्न बुटवल कन्फ्रेन्स हुने

    बुटवल । नेपालको शिक्षालाई डिजिटल रुपान्तरको अभियानमा लैजाने गरि सरोकारवालाहरुलाई नबिनतम जानकारी दिने गरि बुटवलमा शनिबार बुटवल कन्फ्रेन्स हुने भएको छ । नेपाल स्टिम एलायन्सको आयोजनामा कोडिङ ओलम्पिक नेपाल, लुम्बिनी वल्र्ड स्कुल, जिनियस टकको सहकार्यमा एक दिने ‘स्कुल शिक्षामा किन प्रविधि ? भन्ने बुटवल कन्फ्रेन्स हुन लागेको हो ।

    बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम गर्न लागेको एलायन्सका कार्यकारी अधिकृत सुशील बुढाथोकीले बताए । विज्ञहरु डा रामहरि लामिछाने, मगोलिका चक्रवति, सुशील बुढाथोकीबाट सहजिकरण गर्ने कार्यक्रममा डिजिटल शिक्षा र प्रविधि समावेशीकरण, अभिभावक र शिक्षकहरुलाई सशक्त बनाउने पहल, विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित क्षेत्रमा करियर मार्गचित्र, नीति निर्माताहरुसंग डिजिटल युगमा नेपालको शैक्षिक रणनीतिबारे छलफल हुने उनले बताए ।

    कार्यक्रममा कक्षा १० देखी १२ सम्मका विद्यार्थी, विद्यालयका शिक्षक तथा प्रशासकहरु, अभिभावकहरु, नीति निर्माता जनप्रतिनिधिहरु तथा सरकारी अधिकारीहरु गरि करीब ८ सय सहभागी हुने उनले बताए । यस क्षेत्रका विद्यालयहरुको अवस्था मुल्याकन गरि चार वर्षको अन्तरालमा यो कार्यक्रम चलाउन लागेको उनले बताए । ‘प्रविधिसंगै अवार्नेसलाई जोड दिएका छौ ।’–उनले भने ।

    कार्यक्रममा लुम्बिनी वर्ड स्कुलका प्रधानाध्यापक विष्णु ढकालले शिक्षामा डिजिटल रुपान्तरणको आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेको बताए । पछिल्लोसमय केही वर्ष गरिएको सहकार्यबाट विद्यालयमा धेरै सकारात्मक परिणाम आएको उनले दाबी गरे । प्रोफेसनल डेभलोपमेन्टको रुपमा यसलाई लिन सकिने उनले बताए । नेपालमा विद्यालय शिक्षालाई प्रविधिसंग जोड्ने पाठ्यक्रमको समस्या रहेको उनले दुखेसो गरे ।

    यसैबिच लुम्बिनी कोडिङ ओलम्पियाड २०८१ को घोषणा गरेको नेपाल स्टिम एलायन्सका हेड अफ एकेडेमिक्स दिपर्सन श्रेष्ठले बताए । फागुन ३ गते हुने सो कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरि कन्फ्रेन्स, कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरि प्लस टु नेशनल कोडिङ ओलम्पियाड समेत गर्ने उनले बताए । यसबाट विद्यार्थीहरुलाई कम्प्युटर साईन्स र प्रविधिको क्षेत्रमा आफनो क्षमताको परिक्षण गर्न, नया सीप सिक्न र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने उनले बताए ।

    हालसम्म आफुहरुले ४ वर्षमा १५०० जनालाई सशुल्क अनलाईन र विद्यालयमा प्रत्यक्ष १ महिनादेखि १० महिनासम्मको कक्षा दिएको तथा आवर अफ कोड क्लास ३ हजार जनालाई दिएको बताए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend