बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. नन्दु पाठकलाई मेडिकल हिराे अवार्ड प्रदान गरिएकाे छ । उनलाई तिलाेत्तमा जेसीजले उक्त अवार्ड प्रदान गरेकाे हाे ।
लामो समय बुटवल आसपास र पश्चिम भेगका अधिकांश जिल्लामा पुगि स्वास्थ्य उपचारलाई सहज र सरल बनाई बिरामीको जीवन रक्षामा अहोरात्र खटिने सबैका प्रिय डाक्टरका रुपमा परिचित छन् ।
डा. पाठकलाई मेडिकल हिराे अवार्ड सहित बुधबार तिलाेत्तमामा आयाेजना गरिएकाे क्लवकाे पदस्थापन कार्यक्रममा सम्मान गरिएकाे हाे । उनले स्वास्थ्य सेवामा पुर्याएकाे याेगदानकाे उच्च सम्मान सहित तिलाेत्तमा जेसीजले वर्ष सम्मान अन्तर्गत यस वर्षका मेडिकल हिराे अवार्डबाट सम्मान गरेकाे हाे उनलाई पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको हातबाट प्रदान गरिएको थियो ।
कार्यक्रममा तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले अवार्ड सहित दाेसल्ला ओढाएर सम्मान गर्नु भएकाे हाे । जेसीजका अध्यक्ष महेश शर्मा पाैडेल ।
त्यस अवसरमा तिलाेत्तमा जेसीजमा नवनिर्वाचित अध्यक्ष प्रकाश न्याैपाने, कार्यकारिणी उपाध्यक्ष महिमा कुवर, सपन पाैडेल, उपाध्यक्षमा संजाेक ज्ञवाली, डा. मुकेश सापकाेटा, सन्ताेष ढकाल र प्रकाश पाैडेल तथा अध्यक्षले मनाेनित गर्ने कानुनी सल्लाहकारमा मनाेनित भानु पाेखरेल, महासचिवमा रामबहादुर राेका र काेषाध्यक्ष पदमा दीपक घिमिरेलाई पदस्थापन गरिएकाे छ ।