Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रैथाने बालीको बजारीकरणका लागी रेसुङ्गा नगरपालिकाले थाल्यो पहल


१, साउन २०८०
  • 782
    SHARES
  • रैथाने बालीको बजारीकरणका लागी रेसुङ्गा नगरपालिकाले थाल्यो पहल

    गुल्मी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालले गुल्मी जिल्लामा पुनः शाखा कार्यालय स्थापना गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको प्रधान कार्यालय काठमाडौसँग गुल्मीको तम्घासमा शाखा कार्यालय पुनः स्थापना गर्नका लागि सम्झौता गरिएको जानकारी  रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिल ध्वज पन्थीले दिए । 

    गुल्मी  जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य उत्पादनको बजारीकरणको सुनिश्चितताका लागि कम्पनीको तम्घास शाखा सहित सबै डिपोहरूबाट व्यवस्थापन हुने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरी प्रक्रिया अगाडी बढाइएको नगरप्रमुख पन्थीले बताए । यस अघि नेपाल सरकारको स्वामित्वमा स्थापना भएको नेपाल खाद्य संस्थानको कार्यालय जिल्लामा यातायातको सहज पहुँच भएको र सरकारी खर्च घटाउने उद्धेश्यले  २०६० सालमा बन्द गरिएको थियो। 

    तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको अचल सम्पती नेपाल टेलिकम दुर संचार कार्यालयले भवन निर्माण गरि सेवा प्रदान गरिरहेको छ। अहिले २० वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा पुनः स्थापना गर्नका लागि सम्झौता सम्पन्न भएको र छिट्टै कार्य सुरु गर्ने जानकारी लिमिटेडका विभागीय प्रमुख भीम थापाले जानकारी दिए । 

    सरकारी सेवा गाउँ -गाउँमा पुर्‍याउने उद्देश्यका साथ सरकारको आर्थिक वर्ष २०८०/८१ बजेटको बुँदा नम्बर  ८८ मा रैथानेमा गर्व गरौँ भनिएकोले त्यसै अनुसार गुल्मीको तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा  पुनः स्थापना गर्न लागिएको बिभागिय प्रमुख थापाले बताए । उनले शाखा कार्यालयको पुनः स्थापनासँगै गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको बलेटक्सार, छत्रकोट गाउँपालिकाको दौघा, मदाने गाउँपालिकाको बाँझकटेरी र मालिका गाउँपालिकाको अर्खाबाङ्गमा समेत डिपो स्थापना गरी जनतालाई सहज र सुलभ तरिकाले खाद्य सामाग्रीको आपूर्ति गरिने बताए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend