Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईसीसीकाे 'टिम अफ द टुर्नामेन्ट' मा पूजा महताे


२१, माघ २०८१
  • 148
    SHARES
  • आईसीसीकाे 'टिम अफ द टुर्नामेन्ट' मा पूजा महताे

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’ अर्थात् प्रतियोगिताको टोली घोषणा गरेको छ ।

    विश्वकपमा सहभागी भएका खेलाडीमध्ये उत्कृष्ट १२ मा नेपालकी कप्तान पूजा महतो पनि अटाएकी छिन् । टोलीमा उपाधि विजेता भारतका ४, उपविजेता बनेको दक्षिण अफ्रिकाका ३, इङ्गल्यान्डका २ तथा नेपाल, श्रीलङ्का र अस्ट्रेलियाका १र१ जना खेलाडी छन् । पूजा एसोसिएट राष्ट्रबाट टोलीमा पर्ने एकमात्र खेलाडी हुन् ।

    प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका ३ वटै खेलमा हार बेहोरेको थियो भने प्लेअफमा भने मलेसियालाई हराएको थियो । प्रतियोगितामा पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले ७० रन बनाउनुका साथै ९ विकेट लिएकी थिइन् ।

    १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि दक्षिण अफ्रिकालाई हराउँदै भारतले जितेको थियो । भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै भारत विजेता बनेको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend