Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलका बिरुवा


२४, माघ २०८१
  • 226
    SHARES
  • अर्घाखाँचीमा बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलका बिरुवा

    अर्घाखाँची । गाउँमा बाँदर नियन्त्रण गर्न भन्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा रहेको घाटाखोला, बेल्टारी सामुदायिक वनमा फलफूलका बिरुवा रोप्न शुरू भएको छ ।

    उत्पादन दिने फलफूल लगाएर आम्दानी गर्न सकिने र गाउँमा बाँदर नियन्त्रण पनि हुने विश्वासले सामुदायिक वनमा फलफूलका बिरुवाहरू लगाउन थालेको घाटाखोला, बेल्टारी सामुदायिक वनका अध्यक्ष नारायण भट्टराईले बताए ।

    यस वर्ष जङ्गलमा दुई सयभन्दा धेरै म्यालका रुख, झन्डै चार सय नासपातीका बिरुवा रोपिएको कृषि प्राविधिक गणेशप्रसाद बञ्जाडेले बताए । यस्तै गिठा, स्कुस, भ्याकुर, तरुललगायतका कन्दमूलका बिरुवाहरूसमेत लगाइएको छ ।

    बाँदरले खान मिल्ने फलफूल वनमै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने अनुमान छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend