काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकूलपतिका लागि १० जनाको नाम सर्टलिस्ट सार्वजनिक भएको छ ।
आवेदन दिएका २० जनामध्ये निवर्तमान उपकूलपति डा.भोला थापासहित १० जनाको सर्टलिस्ट सार्वजनिक भएको हो ।
यी प्रतिस्पर्धीले अब सोचपत्र र रणनीतिक कार्ययोजना प्रस्तुत गर्नेछन् । फागुन २ मा प्रस्तुति दिनुपर्ने मिति तोकिएको छ । फागुन ३ मा अन्तर्वार्ता हुनेछ । सर्टलिस्टमा परेका १० जनाबाट ३ जनाको नाम छनोट समितिले कुलपतिसमक्ष सिफारिस गर्नेछ ।
