Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे


२९, माघ २०८१
  • 190
    SHARES
  • प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे

    रुपन्देही । प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औं साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ ।

    सोमबार बुटवलमा भएको साधारण सभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पाण्डेले उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

    चौतारीको रुपन्देही जिल्ला उपाध्यक्षमा केशव भण्डारी, उपाध्यक्ष (महिला) मा वसन्ती आचार्य (छायाँ पन्थ), सचिवमा विष्णु घिमिरे, सहसचिव (खुल्ला)मा प्रतीक पौडेल, सह–सचिव (समावेशी) मा सत्यनारायण मानन्धर र कोषाध्यक्षमा एलिना आचार्य रहेका छन् ।

    त्यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे (केदार), प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल र शिशिर पाण्डे रहेको केन्द्रीय आयोगका अध्यक्ष गणेश खनालले बताए ।

    त्यस्तै केन्द्रीय प्रतिनिधिमा रामप्रसाद आचार्य, भरत केसी, दिनेश पाण्डे, नरेश केसी, लक्ष्मण पौडेल, निरु गौतम र अर्जुन श्रेष्ठ रहेको निर्वाचन समिति सदस्य नविन केसीले बताए ।

    त्यस्तै प्रदेश परिषद् सदस्यमा वीपी गौतम, रबिन्द्र प्रताप गुप्ता, राजकुमार धवल, दीपक न्यौपाने, मन बहादुर क्षेत्री (मनोज), सुमित्रा चापागाईं र प्रकाश आचार्य रहेका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने प्रेस चौतारीको टीमप्रति आभार व्यक्त गरिन् । उनले विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

    साधारण सभा तथा अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए । त्यस्तै निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । निर्वाचन मण्डलका संयोजक डीआर घिमिरेले नवनिर्वाचित कार्यसमितिले अझ रचनात्मक कार्य गर्ने विश्वास व्यक्त गरे ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend