Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रुपन्देहीबाट साढे ५ अर्ब राजस्व सङ्कलन


२९, माघ २०८१
  • 200
    SHARES
  • रुपन्देहीबाट साढे ५ अर्ब राजस्व सङ्कलन

    रुपन्देही । आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्षको ६ महिनामा गत वर्षको भन्दा ७७ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

    आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ५४ करोड ३४ लाख १५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

    कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ४ अर्ब ७७ करोड ८३ लाख ४५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्षको सोही अवधिमा सङ्कलित राजस्व ४ अर्ब ७७ करोडको तुलनामा १६ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।

    साउनदेखि पुस मसान्तसम्ममा ६ अर्ब ३३ करोड ३६ लाख ५२ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको भैरहवाले लक्ष्यको ८७ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिनुभयो ।

    कार्यालयले पौष महिनामा मात्रै १ अर्ब ३ करोड राजस्व सङ्कलन गरेको छ । १ अर्ब २३ करोडको लक्ष्य पाएको कार्यालयले उक्त राजस्व सङ्कलन गरेको हो ।

    कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा आयकरतर्फ ७८ करोड १९ लाख, मूल्य अभिवृद्धि करतर्फ ९३ करोड ९३ लाख र अन्तःशुल्कबापत ३ अर्ब ७३ करोड सङ्कलन गरेको छ ।

    अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्नु, नियमित बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण र अनुसन्धानको प्रभावकारिता जस्ता कारणले राजस्व सङ्कलनमा वृद्धि देखिएको उहाँको भनाई छ ।

    प्रमुख कर अधिकृत पोख्रेलले नक्कली भ्याट बिजक बिक्री गर्ने १३ बटा शङ्कास्पद करदाताको छानबिन भइरहेको जानकारी दिनुभयो । उहाँले शङ्कास्पद कारोबार गर्ने ८९ करदाताको कारोबारको छानबिन तथा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

    आन्तरिक राजस्व कार्यालयले बजेट मार्फत दिएको विशेष छुटको व्यवस्थापछि बाँकी बक्यौता तिर्नेहरूको सङ्ख्यामा पनि वृद्धि भएको कार्यालयको जनाएको छ । कार्यालयले आय विवरण बुझाउन बाँकी करदातालाई दिएको विशेष छुटको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाएको छ ।

    कार्यालयले  स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा गर्ने जनाएको छ ।

    यसैगरी २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने, मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी व्याज मिनाहा गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवा जनाएको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend