Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’– हमास


२९, माघ २०८१
  • 173
    SHARES
  • ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’– हमास

    जेरुसेलम । सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीले नाजुक गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल बनाएको’ हमासका एक वरिष्ठ नेताले मंगलबार बताएका छन् ।

    “ट्रम्पले सम्झनुपर्छ कि त्यहाँ एउटा सम्झौता छ जसलाई दुवै पक्षले सम्मान गर्नुपर्दछ र कैदीहरू (बन्धकहरू) फिर्ता गर्ने यो एक मात्र तरिका हो”, सामी अबु जुहरीले भने, “धम्कीको भाषाको कुनै मूल्य छैन र यसले मामिलालाई थप जटिल बनाउँछ ।”

    जनवरी १९ देखि लागु गरिएको युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी चलेको लडाइँलाई धेरै हदसम्म रोकेको थियो र इजरायली जेलबाट सयौँ प्यालेस्टिनी कैदीको सट्टामा पाँच समूहका इजरायली बन्धकहरूको मुक्त भएका थिए ।

    तर गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।

    शनिबार दिउँसोसम्म सबै इजरायली बन्धकलाई मुक्त नगरे युद्धविरामको अन्त्यका लागि आह्वान गर्ने भन्दै उहाँले सोमबार थप दबाब दिएको थियो ।

    “मेरो विचारमा यदि सबै बन्धक शनिबार १२ बजेसम्म – मलाई लाग्छ यो उपयुक्त समय हो –फिर्ता गरिएनन् भने म भन्छु यसलाई रद्द गर्नुपर्छ र सबै सर्तहरू समाप्त हुन्छन् र नरक मच्चिन दिनुपर्छ”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने ।

    युद्धविराम सम्झौताअनुसार सम्झौताको चालु ४२ दिनको पहिलो चरणमा चरणबद्ध रूपमा रिहाइ हुनुपर्ने भनिएको छ ।

    इजरायलले सहायता वितरण लगायत युद्धविराम सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाउँदै हमासले अर्को बन्धकको रिहाइ ‘अर्को सूचना नआउन्जेल स्थगित’ गरिने बताएपछि ट्रम्पको पछिल्लो चेतावनी आएको हो । - रासस

     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend