Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै छ : सियोल


१, फागुन २०८१
  • 125
    SHARES
  • उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै छ : सियोल

    सियोल । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीबार बताएको छ ।

    उत्तर कोरियाको कुमगाङ पर्वतमा सन् २०१८ मा अन्तिम पटक भएको पुनर्मिलन कोरियाली प्रायद्वीपको विभाजनको विनाशकारी मानवीय मूल्यको प्रमाण थियो ।

    तर यी भेटघाटहरू अन्तर–कोरियाली राजनीतिको अधीनमा थिए र प्योङयाङद्वारा प्रायः वार्ताको साधनका रूपमा प्रयोग गरिन्थे ।

    “माउन्ट कुमगाङ पुनर्मिलन केन्द्रको विध्वंस छुट्टिएका परिवारहरूको हार्दिक इच्छालाई कुल्चने अमानवीय कार्य हो”, सियोलको एकीकरण मन्त्रालयका प्रवक्ताले भने, “दक्षिण कोरियाले यस्ता कार्यहरू तत्काल रोक्न कडा आग्रह गर्दछ र कडा खेद व्यक्त गर्दछ, उत्तर कोरियाको एकपक्षीय विध्वंस कुनै पनि बहाना अन्तर्गत उचित हुन सक्दैन र उत्तर कोरियाली अधिकारीहरूले यस अवस्थाको लागि पूर्ण जिम्मेवारी लिनुपर्छ ।”

    सन् १९८८ देखि करिब एक लाख ३० हजार दक्षिण कोरियालीले आफूलाई ‘छुट्टिएका परिवार’ का रूपमा दर्ता गराएका छन् । सन् २०२५ सम्म आधिकारिक तथ्याङ्क अनुसार ती व्यक्तिहरू मध्ये करिब ३६ हजार जना अझै जीवित छन् ।

    पचहत्तर प्रतिशतले आफ्ना आफन्तहरू जीवित छन् वा मृत छन् भन्ने थाहा नभएको बताएका छन् । केही भाग्यमानीलाई माउन्ट कुमगाङ रिसोर्टमा आयोजना गरिने सीमापार पुनर्मिलनमा भाग लिन छनोट गरिएको थियो ।

    – जीवनभरका लागि विछोड –

    उत्तर र दक्षिण कोरियाले पहिलो यस्तो पुनर्मिलन सन् १९८५ मा गरेका थिए, तर त्यस वर्षको पहिलो अन्तर–कोरियाली शिखर सम्मेलनपछि सन् २००० मा मात्र तिनीहरू नियमित कार्यक्रम बने ।

    पुनर्मिलनहरू परिवारहरू रुँदै पुनर्मिलन हुने र छोटो दिनको भेटघाट पछि बिछोड हुने भावनात्मक दृश्यहरूले चिनिन्थे ।

    उत्तर कोरियाले गत वर्ष संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि दुई कोरियाबीचको सम्बन्ध अहिले सबैभन्दा तल्लो विन्दुमा पुगेको छ ।

    उत्तर कोरियाली नेता किम जोङ उनले गत वर्ष सियोललाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरे र आफ्नो सरकारको लामो समयदेखि रहेको पुनः एकीकरणको लक्ष्यलाई त्यागे ।

    प्योङयाङले कार्यकर्ताहरूद्वारा उत्तरतर्फ पठाइएका प्योङयाङ–विरोधी प्रचार पत्रहरूको बदलामा भन्दै फोहोर बोकेका बेलुनहरू दक्षिणतर्फ पठाएको छ ।

    पुनर्मिलन कार्यक्रम प्रभावकारी रूपमा रोकिइसकेको छ जसले गर्दा हजारौँ छुट्टिएका परिवारलाई आफ्ना प्रियजनहरूलाई फेरि भेट्ने आशा क्रमशः कम हुँदै गएको छ । - रासस

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend