Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कार्यसम्पादनमा घोराही उपमहानगरपालिका देशकै उत्कृष्ट


४, फागुन २०८१
  • 202
    SHARES
  • कार्यसम्पादनमा घोराही उपमहानगरपालिका देशकै उत्कृष्ट

    दाङ । कार्यसम्पादन सूचकमा देशभरका उपमहानगरपालिकामध्ये घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ । उपमहानगरपालिकामध्ये सबैभन्दा बढी अङ्क दाङको घोराही उपमहानगरपालिकाले पाएको हो ।

    आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि तयार गरिएको कार्यसम्पादन सूचकमा देशभरका उपमहानगरपालिकामध्ये सबैभन्दा बढी अङ्क दाङको घोराही उपमहानगरपालिकाले पाएको छ ।

    सूचकमा घोराही उपमहानगरपालिकाले कुल १०० अङ्कमा ६६.९ अङ्क पाएको छ । योसँगै कार्यसम्पादनमा घोराही उपमहानगरपालिका देशकै उत्कृष्ट उपमहानगरपालिकामा परेको हो ।

    त्यसैगरी प्रदेशमा सुदूरपश्चिमले ५१.६, महानगरमा भरतपुरले, ७६.२, नगरपालिकामा अमरगढीले ८१.७ र गाउँपालिकामा नेत्रावती डबजोङले ७८.२ अङ्क पाएका छन् ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको यो कार्यसम्पादन मूल्याङ्कनले प्रदेश र स्थानीय तहका क्षमता, वित्तीय पारदर्शिता, वित्तीय अनुशासन, विकास, सुशासनलगायत कार्यसम्पादनलाई इंगित गर्छ । कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि २७ सूचक तय गरिएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend