गुल्मी । गुल्मीको इस्मा - २ हस्तिचौरमा बाटो खन्दै गरेको डोजरले पल्टाएको ढुङ्गाले लागेर स्कुल हिँडेकी आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।
उक्त स्थानमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिका विष्णु कुमालको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाको इस्मा गाउँपालिका –२ हस्तिचौर जाने भित्री सडक खन्दै गरेको डोजरले पल्टाएको ढुङ्गा लागेर स्कुल जान हिँडेकी आठ वर्षीया बालिका विष्णु कुमाल गम्भीर घाइते भएकी थिइन ।
उपचारका लागि गुल्मी अस्पतालमा ल्याई उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको गुल्मी जिल्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।
प्रहरीले डोजर चालक मकवानपुर इन्द्रचौरका ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।