Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुल्मीमा एक युवक मृत फेला


५, फागुन २०८१
  • 184
    SHARES
  • गुल्मीमा एक युवक मृत फेला

    गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा एक जना युवक मृत अवस्थामा फेला परेका छन्।

    आइतबारदेखि बेपत्ता गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर - ४ जोखुमका करिब ३२ वर्षीय ओम बहादुर राना मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

    आइतबार साँझ घरबाट कसैलाई जानकारी नगराई हिडेका राना सोमबार दिउँसो ३:०० बजेको समयमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो। 

    आफन्ति,घर परिवार, छरछिमेकबाट खोजतलास गर्दा सोही वडाको भुतेगैरामा बाटोदेखि करिब ५० मिटर तल खोल्सामा घोप्टो अवस्थामा मृत अवस्थामा रहेको खबर वडा अध्यक्ष होम बहादुर थापाले प्रहरीलाई जानकारी गराउनुभएको थियो। 

    घटनाबारे प्रहरीले जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक कपिल शाहीको कमाण्डमा पाँच जनाको टोली र प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको नेतृत्वमा तीन जनाको टोली घटनास्थल पुगि घटनाबारे थप अनुसन्धान गरिरहेको डिएसपी दाहालले जानकारी दिनुभयो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend