काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि सय जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् ।
रक्सौल नाकाबाट अहिलेसम्म ९६ जना नेपाल फर्किएको पर्साका एसपी गौतम मिश्रले बताए । उनीहरूलाई प्रहरीले बारा, रौतहट र पर्सास्थित उनीहरूको घरसम्म जान सहजीकरण गरेको छ ।
काँकडभिट्टा नाका र विराटनगर हुँदै पनि विद्यार्थीहरू फर्किएका छन् । विराटनगरमा आएर ५ जना विद्यार्थीले आफूहरू स्वदेश फर्किएको जानकारी गराएको प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले बताए ।
उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपालबाट अध्ययन गर्न गएकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो ।