काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले विधानअनुसार मधु आचार्य प्रमुख रहेको विभागमा १० जना सदस्यहरु मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरुमा गीता सत्याल, उमा थापा, विनोद यादव, रविन राई, डा.हेमराज लामिछाने, पुरुषोत्तम नेपाल, राजु गुरूङ, बाबुकृष्ण सापकोटा, गोरख बहादुर सुनार र निर्प खड्का रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
