काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् ।
शिवप्रसाद हुमागाँइ प्रमुख रहेका विभागमा देउवाले जमुनादेवी पोख्रेल, प्रवेश चौधरी, प्रकाशकुमार नेपाल, संगिता कुमारी थारू, केदारनाथ पौडेल, रामप्रसाद सुवेदी, नरबहादुर विश्वकर्मा उमेश केसी, होमबहादुर कुँवर र राजकुमार गुरुङलाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
