Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र 'केपी ओली कप' को सेमिफाइनलमा


१३, फागुन २०८१
  • 155
    SHARES
  • भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र 'केपी ओली कप' को सेमिफाइनलमा

    काठमाडौँ । भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र क्लब एफसी केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले हरायो । मच्छिन्द्रका स्टेफेन जलीले गोल गरे ।

    योसँगै केपी ओली कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि सङ्कटा क्लब, आयोजक केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् ।

    अब पहिलो सेमिफाइनलमा आउँदो शुक्रवार सङ्कटा र आर्मी तथा दोस्रो सेमिफाइनलमा शनिवार मच्छिन्द्र र केपी ओली एफसी खेल्नेछन् ।

    प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ । केपी ओली कपको फाइनल खेल यही १९ गते हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend