Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

खनिज सम्झौता गर्न जेलेन्स्की तयार, बेलायतले रूस–युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने


१९, फागुन २०८१
  • 202
    SHARES
  • खनिज सम्झौता गर्न जेलेन्स्की तयार, बेलायतले रूस–युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने

    एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका छन ।

    बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका हुन ।

    सम्मेलनमा बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्ने चार–चरण योजना सुनाएपछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो ।

    स्टार्मरले फ्रान्स र अरु केही युरोपेली देशसँग मिलेर युक्रेन युद्धविरामसम्बन्धी प्रस्ताव तयार पारिने बताएका छन । यस प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष राख्ने उनले बताएको बीबीसीले जनाएको छ ।

    ह्वाइट हाउसको विवादित वार्तापछि युक्रेन युद्धबारे छलफल गर्न र युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन बेलायती प्रधानमन्त्री स्टारमरले युरोपेली देश तथा क्यानडाका नेताहरूको बैठक बोलाएका थिए ।

    बैठकमा इटाली, फ्रान्स, जर्मनी र क्यानडाका राष्ट्रप्रमुख सहभागी भएका छन् । यस्तै नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, पोल्यान्ड, स्पेन, फिनल्यान्ड, स्वीडेन, चेक रिपब्लिक र रोमानियाका नेतासमेत वैठकमा सहभागी भएका छन् । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बैठकमा सम्बोधन गर्दै युरोप ब्युँझिएको बताएका छन ।

    यसैबीच बेलायत र युक्रेनबीच साढे दुई अर्ब पाउन्डको ऋण सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । युक्रेनले यो रकम सैन्य उपकरण खरिदमा प्रयोग गर्ने बताएको छ ।

    यसअघि गएको शुक्रवार युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच चर्काचर्की भएपछि रुससँगको शान्ति सम्झौता र खनिज सम्झौताबारेको बैठक निष्कर्षविना टुङ्गिएको थियो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend