Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहायता


२०, फागुन २०८१
  • 245
    SHARES
  • अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहायता

    एजेन्सी - अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता रोकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन् ।

    तीन वर्ष अघि रूसले युक्रेनमा पूर्ण रुपमा आक्रमण शुरु गरेदेखि नै अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरुद्धको गतिविधिप्रति अमेरिका भित्रै विरोध भइरहेको छ ।

    पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्व निर्देशक माइकल कार्पेन्टरले युक्रेनलाई सैन्य सहायता रोक्नु आश्चर्यजनक कदम भएको बताएका छन् ।

    युक्रेन पीडित रहेको स्पष्ट हुँदाहुँदै पनि रुसबाट हुने आक्रमणबाट जोगिन र आफ्नो भूमिको रक्षा गर्न यसले चाल्ने कदममा अमेरिकाले रक्षात्मक सहयोग गर्नुपर्नेमा उल्टो सहयोग कटौती गर्नु अचम्मको कुरा भएको उनको प्रतिक्रिया छ ।

    यसअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य हुने कुरा धेरै टाढा रहेको बताएकामा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रोनको आलोचना गरेका थिए ।

    यसैबीच बेलायतका प्रधानमन्त्री केयर स्टारमरले युद्ध अन्त्य गर्न र रूसबाट युक्रेनलाई जोगाउन युरोपेली देशसँग छलफल गरेर चार–बुँदे योजना घोषणा गरेका थिए । तर युरोपेली नेताहरूले अमेरिकी सहयोगबिना युक्रेनमा शान्तिको सुनिश्चितता गर्न नसकिने सुझाव दिएका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend