Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ठूला दलहरुको सरकार बन्दा पनि नागरिकमा निराशा र असन्तुष्टि : नेता केसी


२०, फागुन २०८१
  • 167
    SHARES
  • ठूला दलहरुको सरकार बन्दा पनि नागरिकमा निराशा र असन्तुष्टि : नेता केसी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभासदस्य अर्जुननरसिंह केसीले पहिलो र दोस्रो ठूलो दलको सरकार बन्दा पनि प्रभावकारी काम गर्न नसक्दा नागरिकमा निराशा र असन्तुष्टि कायमै रहेको बताए ।

    मंगलबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले सुशासन कायम नभएको र भ्रष्टाचार व्यप्त रहेको पनि टिप्पणी गरे ।

    नेता केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता झुक्याएको आरोप लगाएका छन् । उनले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने कुरा जनता झुक्याउने काम रहेको बताएका हुन् ।

    उनले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कांग्रेस–एमालेबीच रहेको ७ बुँदे सहमतिविपरीत रहेको बताए । ‘२०८७ मा संविधान संशोधन गर्छौ भन्नु सोझै जनता झुक्याउने विषय हो । सरकार बनाउँदा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिविपरीत पनि छ,’– उनले भने ।

    साथै, संविधान संशोधनका लागि अहिल्यैबाट प्रक्रिया थाल्नुपर्ने उनको अडान छ । सत्तारुढ दलभित्र छलफल गरेर त्यसपछि संसदभित्र रहेका र संसद बाहिर रहेका दलहरुलाई पनि समेटेर सर्वदलीय समिति बनाएर व्यापक छलफलपछि संविधान संशोधनको बारेमा निचोड निकाल्नुपर्ने उनले बताए ।

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend