Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशका पूर्वकप्तान मुस्फिकरद्धारा एकदिवसीयबाट सन्न्यासको घोषणा


२२, फागुन २०८१
  • 145
    SHARES
  • बङ्गलादेशका पूर्वकप्तान मुस्फिकरद्धारा एकदिवसीयबाट सन्न्यासको घोषणा

    काठमाडौँ । बङ्गलादेश क्रिकेट टिमका पूर्वकप्तान मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

    ३७ वर्षीय विकेटकिपर ब्याटर मुस्फिकरले तत्काल लागू हुनेगरी एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका हुन् ।

    मुस्फिकरले सन् २००६ मा न्युजिल्यान्डसँगको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

    उनी बङ्गलादेशका लागि सबैभन्दा धेरै ओडीआई खेल्ने खेलाडीसमेत हुन् । उनले २७४ खेलमा ९ शतकसहित ७ हजार ७९५ रन बनाएका छन् ।

    त्यस्तै विकेटकिपरको रूपमा २४३ क्याच तथा ५६ स्टम्पिङ गरेका छन् । उनले सन् २०११ देखि २०१४ सम्म बङ्गलादेश क्रिकेट टिमको कप्तानी गरेका थिए ।

    पाकिस्तानमा अहिले भइरहेको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र न्युजिल्यान्डसँग पराजित हुँदै बङ्गलादेश समूह चरणबाटै बाहिरिएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend