Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अमेरिकालाई चीनकाे चेतावनी– ‘कुनै पनि प्रकारको युद्धका लागि तयार छाैँ’


२२, फागुन २०८१
  • 244
    SHARES
  • अमेरिकालाई चीनकाे चेतावनी– ‘कुनै पनि प्रकारको युद्धका लागि तयार छाैँ’

    काठमाडौँ । चीनले अमेरिकालाई आफू जस्तोसुकै युद्ध गर्न तयार रहेको चेतावनी दिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करवृद्धि गर्ने निर्णय गरेपछि त्यसको जवाफ दिँदै चीनले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको छ ।

    ट्रम्पले सबै चिनियाँ सामानमा कर बढाएपछि चीनले पनि अमेरिकी कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकाले कर युद्ध, व्यापार युद्ध वा अन्य कुनै युद्ध चाहेको खण्डमा त्यसका लागि तयार रहेको चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।

    ट्रम्प राष्ट्रपति बनेपछि चीनको यो सबैभन्दा कडा प्रतिक्रिया हो । यो प्रतिक्रिया चीनका नेताहरू नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को वार्षिक सत्रका लागि बेइजिङमा भेला भएका बेला आएको हो ।

    बुधबार चिनियाँ प्रधानमन्त्री ली किआङले चीनले यस वर्ष आफ्नो रक्षा खर्च ७ दशमलव २ प्रतिशतले बढाउने घोषणा गरेका थिए । चिनियाँ नेताहरूले व्यापार युद्धको खतराका बाबजुद पनि नागरिकलाई देशको अर्थतन्त्र बढ्न सक्नेमा विश्वस्त रहेको सन्देश दिन खोजिरहेका छन् ।

    अमेरिकाको तुलनामा चीनले आफ्नो छवि स्थिर र शान्तिपूर्ण देशको रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ । चीनले क्यानडा र मेक्सिको जस्ता अमेरिकी सहयोगीहरूमा ट्रम्पको निर्णयको प्रभावलाई आफ्नो फाइदामा बदल्ने आशा गर्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend