Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा


२५, फागुन २०८१
  • 114
    SHARES
  • अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा

    काठमाडौं । समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा केही व्यक्ति हताहत भएका र उक्त आँधीका कारण तीन लाख ३० हजारभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन् ।

    अल्फ्रेड नाम दिइएको उक्त आँधीका कारण एक जनाको मृत्यु भएको र र उद्धारका लागि खटिएका १३ सैनिक घाइते भएका अस्ट्रेलियाली अधिकारीहरूले जनाएका छन् । आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ । तर आँधीको प्रभाव जमिनमा आइपुग्न बाँकी रहेको कारण स्थानीय प्रशासनले यसको खतरा अझै ‘नटरेको’ बताएका छन् ।

    उक्त आँधी जमिनमा अवतरण हुनअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढालेका थिए। होचा क्षेत्रमा सडकहरू डुबानमा परेका छन् ।

    उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन् । अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पुर्‍याउने पूर्वानुमान गरिएका छन् ।

    आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ । क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन् । दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन् ।

    ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा दुई लाख ८७ हजार उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ । अर्को कम्पनी इसेन्सिअल इनर्जीले न्यू साउथ वेल्सका ४२ हजार घरहरूमा बिजुली बन्द भएको बताएको छ ।

    बिजुलीका प्रसारण लाइनहरू ढलेका छन् र सयौँ रूखहरू बगैँचा, पार्क र मुख्य सडकहरूमा ढलेका छन् । उक्त क्षेत्रमा ठूलो मात्रामा भग्नावशेषहरू देखिएका छन् ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा ‘सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको’ भन्दै सुरक्षाका सम्भावित सबै उपाय अवलम्बन गर्न नागरिक र उद्धारकर्ताहरूलाई निर्देशन दिएका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend