Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सिरियामा १४ वर्षयताकै ठूलो हिंसा, एक हजारभन्दा बढीको मृत्यु


२६, फागुन २०८१
  • 143
    SHARES
  • सिरियामा १४ वर्षयताकै ठूलो हिंसा, एक हजारभन्दा बढीको मृत्यु

    काठमाडौं । सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच भएको झडपमा एक हजारभन्दा बढीको मृत्यु भएको छ ।

    बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) का अनुसार, यस हिंसामा ७४५ जना सर्वसाधारणका साथै पूर्वराष्ट्रपति असद समर्थक १४८ र सरकारी फौजका १२५ जनाले ज्यान गुमाएका छन् । यो सिरियामा १४ वर्षयताकै सबैभन्दा ठूलो हिंसा हो ।

    सुरक्षा फौज र असद समर्थक ‘अलावाइट लडाकु’ बीचको भिडन्त लताकिया प्रान्तको जाब्लेहमा भएको आक्रमणसँग शुरु भएको थियो । यसपछि सिरियाली सरकारले विद्रोहलाई दवाउन सक्रियता अपनाएपछि हजारौं लडाकु उक्त क्षेत्रतर्फ जुटेका थिए ।

    तीन महिना अघि असदको शासन ढाल्ने विद्रोही समूह हयात तहरिर अल-शामको नेतृत्वमा आएको थियो, र यस हिंसाले सिरियाली सरकारलाई नयाँ चुनौती दिएको छ ।

    सिरियाका अन्तरिम राष्ट्रपति अहमद शाराले राष्ट्रिय एकता र शान्तिको लागि आह्वान गर्दै, यस हिंसालाई असद शासनको पतनपछिका चुनौतीको हिस्सा भनेका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend