Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुवात, किरणको शानदार शतक


२६, फागुन २०८१
  • 137
    SHARES
  • प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुवात, किरणको शानदार शतक

    काठमाडौं । ब्याटर किरणकुमार ठगुन्नाले शानदार शतक प्रहार गरेपछि लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ ।

    आज भएको खेलमा सुदूरले गण्डकीलाई ६ विकेटले पराजित गर्यो । गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरले ४ विकेट गुमाएर ४२ बल बाँकी रहँदै पूरा गर्यो । सुदूरका लागि शतक हिर्काएका किरणले १०१ बलमा अविजित १२१ रन जोडे । त्यसक्रममा उनले ९ चौका र ६ छक्का प्रहार गरे ।

    त्यस्तै अटआउट रहेका नारायण जोशीले ३८ रन थप्दा खड्न बोहराले १९, निश्चल क्षेत्रीले १८ रन थपे । सुदूरले १६ रन अतिरिक्तमा पायो ।

    गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले समान एक विकेट लिए । त्यसअघि लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन जोड्यो ।

    गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतक प्रहार गरे । ७४ बलको सामना गरेका दीपकले ३ चौका र १ छक्का हिर्काउँदै ६४ रन जोड्दा ९५ बलको सामना गरेका अर्जुनले तीन चौका र एक छक्का हिर्काउँदै ५७ रन जोडे । सुदीप अर्यालले २३ रन जोडेको खेलमा वंश क्षेत्री १८, दिनेश बुढामगर १५ तथा अमृत गुरुङ र विपीन खत्री समान १० रनमा आउट भए ।

    सुदूरका लागि शेर मल्लले तीन तथा नारायण जोशीले २ विकेट लिए । पहिलो खेलमा कर्णालीसँग हारेर सुदूर आज जित्नुपर्ने दबावमा थियो भने गण्डकीको यो पहिलो खेल हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend