Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कपमा बागमतीको लगातार दोस्रो हार, फराकिलो जितसहित आर्मीको विजयी सुरुवात


२६, फागुन २०८१
  • 154
    SHARES
  • प्रधानमन्त्री कपमा बागमतीको लगातार दोस्रो हार, फराकिलो जितसहित आर्मीको विजयी सुरुवात

    काठमाडौं । सन्तोष कार्कीको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा आर्मीले बागमतीलाई १३४ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

    आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको बागमती १२८ रनमा समेटिएपछि आर्मीले फराकिलो जित दर्ता गरेको हो । बागमतीका लागि विवेक मगरले सर्वाधिक ५१ रन जोडेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

    इसान पाण्डेले १९ रन जोडेको खेलमा ओपनर आसुतोष घीरैयाले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि साहव आलमले चार तथा आकाश चन्दले तीन, सोमपाल कामी, नरेन साउद र वसिर अहमदले समान १ विकेट लिए ।

    त्यसअघि भैरहवाको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको टोलीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६२ रन बनायो । उसका लागि सन्तोष कार्कीले ७६ रनको अर्धशतकीय पारी खेल्दा कप्तान विनोद भण्डारीले अविजित ४७ रनको पारी खेले ।

    त्यसबाहेक त्रितराज दासले ३६, विवेक यादवले ३०, कुशल मल्लले २६ रन बनाउँदा बागमतीका खेलाडीले ३५ रन अतिरिक्त दिए । बागमतीका लागि इसान पाण्डे, रिजन ढकाल र प्रतिश जिसीले समान दुई–दुई विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend