Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची नेपाल प्रेस युनियनको आठौं जिल्ला अधिवेशन सन्धिखर्कमा सुरु 


३, साउन २०८०
  • 190
    SHARES
  • अर्घाखाँची नेपाल प्रेस युनियनको आठौं जिल्ला अधिवेशन सन्धिखर्कमा सुरु 

    अर्घाखाँची । लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अर्घाखाँची जिल्ला अधिवेशन सन्धिखर्कमा सुरु भएको छ । अधिवेशनको पहिलो सत्रको कार्यक्रममा प्रेस युनियनका केन्द्रिय  अध्यक्ष शिव लम्सालले पानसमा बत्ती बाल्दै महामानव बिपि कोइरालाको तस्विरमा फुल अबिर चढाएर  उद्घाटन  गरेका हुन् ।  

    उद्घाटन सत्रको कार्यक्रममा शुभकामना दिदै वक्ताहरुले आम संचार क्षेत्रमा प्रेस युनियनले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । श्रमजीवी पत्रकारहरुको संगठन बन्न प्रेस युनियन सफल रहेको भन्दै उनिहरुले आगामी दिनमा प्रेस युनियन संगै युनियनकर्मी  सम्पुर्ण पत्रकारहरुले जनताको पक्षमा अझै सशक्त कलम चलाउने बिस्वास ब्यक्त गरे ।अधिवेशनको उद्घाटन सत्रमा अग्रज पत्रकारहरुलाइ सम्मान सहित प्रेस युनियन जिल्ला शाखा अर्घाखाँची द्वारा विभिन्न बिधामा स्थापना गरिएका प्रोत्साहन पुरस्कारले पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो ।

    उद्घाटन कार्यक्रममा प्रमुख अथिती शिव लम्साल ,काङ्ग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री बिश्नु मुस्कान खनाल , काङ्ग्रेस जिल्ला सभापती केशब श्रेष्ठ , सन्धिखर्क नगरपालिकाका संस्थापक मेयर तथा  काङ्ग्रेस अर्घाखाँचीका पुर्व जिल्ला सभापती कमल प्रसाद भुसाल , नेपाली काङ्ग्रेस  लुम्बिनी प्रदेश समिती सदस्य शान्ता भन्डारी , सितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल , छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ , प्युठान जिल्ला झिम्रुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल ,उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर मिया , नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य , नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश सचिव , नेपाल प्रेस युनियन र पत्रकार महासंघ अर्घाखाँचीका पुर्व सभापती बिश्नु भुसाल , नेपाल प्रेस युनियन जिल्ला साखा अर्घाखाँचीका पुर्व अध्यक्ष हरि बहादुर खड्का , नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव बिनोद गैरे , प्रेस चौतारीका गणेश खनाल , समाजबादी प्रेस संगठनका हृदय भुसाल , प्रगतिशील पत्रकार संघका गोपाल प्रसाद भट्टराई ,जन पत्रकार संगठनका अनिल नेपाली लगायतले शुभकामना मन्तव्य राख्दै श्रमजिवी पत्रकारका हकहितका बिषयमा आवाज उठाउन प्रेस युनियन सफल रहेको भन्दै प्रशंसा गरे । 

    उनिहरुले प्रेस युनियनको आठौ अधिवेशनले सबल र सक्षम नेतृत्व चयन गरोस् भन्दै अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव  लम्साल प्रमुख अथिती , नेपाली काङ्ग्रेस नेता बिश्व खनाल मुस्कान , जिल्ला सभापती केशब श्रेष्ठ , पुर्व सभापती कमल प्रसाद भुसाल बिशिस्ट अथिती रहेको उद्घाटन सत्रको अध्यक्षता प्रेस युनियनका सभापती बिरेन्द्र केसी र कार्यक्रमको संचालन सचिव बिश्नु खनालले गरेका थिए । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend