Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ललितपुर सिटी एफसीका प्रशिक्षक ग्रेसनसहित दुई जना खेलाडी नेपाल आइपुगे


२७, फागुन २०८१
  • 130
    SHARES
  • ललितपुर सिटी एफसीका प्रशिक्षक ग्रेसनसहित दुई जना खेलाडी नेपाल आइपुगे

    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् ।

    यूएएफएका प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो । उनले खेल जीवनमा लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यावसायिक फुटबल खेलेका थिए । उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका थिए ।

    प्रशिक्षकका रूपमा ग्रेसनले लिड्स युनाइटेडलाई इङ्ग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनशिपमा छनोट गराउनुका साथै लिड्स, हर्डसफिल्ड र प्रेस्टन नर्थलाई च्याम्पियनशिपमा उकालेका थिए ।

    ग्रेसनले भारतको इन्डियन सुपर लिग (आईएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने आईएसएल र सुपर कपको फाइनल खेलेको थियो ।

    त्यस्तै ललितपुरबाट एनएसएल खेल्न प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना र हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि नेपाल आइसकेका छन् ।

    सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका बेलफोर्टले १४ गोल गरेका थिए । बेलफोर्टले अघिल्लो सिजन बङ्गलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए ।

    एशिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसकेका जोनाथनलाई ललितपुरले तेस्रो विदेशी खेलाडीको रूपमा टोलीमा भित्र्याएको हो । यसपटक आउँदो चैत १६ गतेदेखि एनएसएल शुरू हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend