गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले फागु अर्थात होली पर्वलाई मर्यादित ढंगले मनाउन सबैलाई आग्रह गरेको छ ।
होली पर्वको अवसरमा सबै गुल्मीवासी प्रति शुभकामना व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले आज विज्ञप्ति जारी गरि जथाभाबी रङ्ग नदल्न र कसैको इच्छा विपरीत लोला हान्ने काम नगर्न सबैलाई सचेत गराएको हो ।
सामाजिक सद्भाव कायम गरी मर्यादित रूपमा होली मनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईरमधेशका जिल्लाहरुमा चैत १ गते फागु अर्थात् होली मनाइँदैछ ।
सूचनालाई बेवास्ता गरि कोही कसैले उच्छृङ्खल एवं इच्छा विपरित जबरजस्ती रंग दल्ने र अमर्यादित कार्य गरेमा प्रचलित कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
