Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

युएईमाथि नेपालको सहज जित


३, साउन २०८०
  • 110
    SHARES
  • युएईमाथि नेपालको सहज जित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिसी इमर्जिङ टिम्स कपको अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ। खेलमा अन्तिम ९ रन चाहिएको अवस्थामा नेपालका तीन खेलाडी पेभिलियन फर्किँदा टोली दबाबमा परेको थियो। तर प्रतिश जिसीले लगातार २ चौका प्रहार गरेपछि नेपाल विजयी भएको हो।

    अघिल्ला दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको नेपालले अन्तिम खेलमा भने युएई ‘ए’माथि सहज जित निकाल्न सफल भयो। नेपालको जितमा कुशल भुर्तेल नायक सावित भए। युएईको ६ विकेट लिएका कुशलले ब्याटिङतर्फ ७१ रनको विष्फोटक इनिङ खेल्दै नेपालको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए।

    टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा अलआउट हुँदै १ सय ५७ रनमा समेटिएपछि नेपालले सामान्य लक्ष्य प्राप्त गरेको थियो। जुन लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो। नेपालको जितमा ओपनर भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ७१ रनको विष्फोटक इनिङ खेलेका थिए। त्यस्तै, देव खनाल र सन्दीप जोराले समान २४ रन बनाउँदा कप्तान रोहित पौडेल ९ रनमा आउट भए।

    नेपालका लागि थप दोहोरो रनको स्कोरका रुपमा गुल्सन झाको ११ रन रहेको थियो। युएईका लागि मोहम्मद फराजुद्दिनले ५ विकेट लिँदा अर्को दुई विकेट महम्मद जवादुल्लाहको नाममा रह्यो। त्यसअघि पी सारा ओभल कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसमक्ष ४४ ओभरमा अलआउट हुँदै १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। युएईका लागि लोभप्रित सिंहले सर्वाधिक ५२ रन बनाउँदा इथान डिसुजाले १८ रन बनाएका थिए। त्यस्तै, अश्वथा भलथापाले १६ तथा अर्यान्सा शर्माले १४ रन बनाए। त्यस्तै, जश घियानानीले १३ रन जोडेका थिए।

    नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए। १० ओभर बलिङ गरेका कुशलले ४० रन खर्चिएर ६ विकेट लिएका थिए। त्यस्तै, मौसम ढकालले २ तथा पवन सरार्फ र कुशल मलले समान १ विकेट लिए। प्रतियोगितामा नेपाल र युएई यसअघि नै भारत र पाकिस्तान ‘ए’सँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए। नेपालसँग पराजित भएसँगै प्रतियोगितमा युएई जितविहीन रह्यो। जारी प्रतियोगितामा नेपालबाहेक सबै टिमले आफ्नो ‘ए’ टोली पठाएका छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend