Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

युरोपियन युनियनसँग जवाफी कर लगाउने अमेरिकाको घोषणा


२९, फागुन २०८१
  • 128
    SHARES
  • युरोपियन युनियनसँग जवाफी कर लगाउने अमेरिकाको घोषणा

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने बताएका छन ।

    युरोपियन युनियनले २८ दशमलव ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफूहरुले पनि कर लगाउने ट्रम्पले घोषणा गरेका हुन ।

    ट्रम्पले अमेरिकालाई भन्सार लगाउनेहरुसँग आफूले पनि शुल्क लिने बताउँदै आएको बीबीसीले जनाएको छ । उनले यसै महिनाको शुरूवातमा घोषणा गरेको स्टील तथा आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपियन युनियनले जवाफी करको घोषणा गरेको थियो । यसैको विरुद्धमा अमेरिकाले जवाफी कर नीतिको घोषणा गरेको हो ।

    क्यानाडाले पनि कुनै पनि अमेरिकी सामान आयातमा जवाफी कारबाही स्वरुप २० बिलियन अमेरिकी डलरको सामानमा दोहोरो अङ्कको कर लगाउने भनेको छ ।

    बेलायती प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको आयातकरको अडानलाई व्यापार युद्ध भन्दै आफूहरु त्यसको विकल्प खोजिरहेको बताएको खबरमा उल्लेख छ ।

    आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको ट्रम्पका भन्सार शुल्क वृद्धि नीतिले रोजगारी प्रवर्द्धन गर्ने विश्वास लिइएको छ तर आलोचकहरुले यसले महँगी बढ्ने र अमेरिकी उपभोक्तासमेतलाई असर पर्ने  टिप्पणी गरिरहेका छन् । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend