Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शुद्धोदनको सार्वजनिक सुनुवाईः सेवा प्रवाह र विकासमा चासो


२९, फागुन २०८१
  • 285
    SHARES
  • शुद्धोदनको सार्वजनिक सुनुवाईः सेवा प्रवाह र विकासमा चासो

    बुटवल । शुद्धोदन गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

    गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रालिको सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहिमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा बुधवार सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित स्थानीय र सरोकारवालाहरुले सेवा प्रवाह र विकास निर्माणमा चासो राखेका थिए ।

    सरोकारवालाहरुले गाउँपालिकामा अझै कृषि, सडक, सिंचाई कुलो, सुकुम्बासी समस्या जस्ता विषयमा गम्भीर भएर लाग्नुपर्ने सुझाएका थिए । उनीहरुले भौतिक निर्माणको गुणस्तरीयता, विद्यालय र शिक्षकको सुधार गरी शिक्षामा परिवर्तन, शान्ति सुरक्षा, स्वास्थ्य चौकीमा कर्मचारी र डाक्टरको उपस्थितीमा अनियमितता, नदिजन्य पदार्थ उत्खननबाट हुने आम्दानीबारे स्थानीयहरुलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सहभागी निर बहादुर राना मगरले पालिकाका केही स्थानमा जंगली जनावर, छाडा चौपायाका कारण बालीनालीमा क्षति पुर्याएकाले नियन्त्रण गर्नुपर्ने, सवारीमा नबुझिने नम्वर प्लेट राखेर चलाउने, सार्वजनिक जग्गा र भवनको संरक्षण, प्लाष्टिक मुक्त पालिका बनाएर फाइवर उद्योगमा जोड दिएर स्वास्थ्य र वातावरणमैंत्री गर्नुपर्ने सुझाव दिए । त्यस्तै रंगप्रसाद न्यौपानेले युवा जनशक्तिलाई पलायनबाट रोक्न युवा उद्यमशीलता र सहुलियत कर्जा प्रवाहका लागि कार्यक्रम र समन्वय पालिकाले नगरेकाले त्यतातिर ध्यानदिन आग्रह गरे ।

    यसैगरी गोविन्द चौधरीले पालिकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुँजीगत खर्च हुन नसकेकोमा प्रश्न गरेका थिए । चौधरीले बजेटलाई सदुपयोग गर्न विकास निर्माणमा जोड दिनुपर्ने जिकिर गरे । कृष्ण डुम्रेले विगतमा सोधिएका प्रश्न र गरिएका बाचा पूरा नभएको आरोप लगाउँदै पालिकामा शैक्षिक बेरोजगार संख्याको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै पालिकाभित्र देखिएको लागूऔषधको बिगबिगीलाई तत्काल नियन्त्रण गनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बौद्धलाल शर्मा, बलराम कँडेल, पुन्यराम गौतम, विष्णु प्रसाद चापागाई, छविलाल क्षेत्री, पुर्ण गिरि छविलाल शर्मा, उक्ति रसाइली, तैलेश्वर लोम, बुद्धिबहादुर बगाले लगायतले विभिन्न समस्याहरु र समाधानका विषयमा औल्याँएका थिए ।

    सहभागिहरुले राखेका जिज्ञासाहरुका बिषयमा शुद्धोदन गाँउपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीे, प्रवक्ता केशव प्रसाद अधिकारी लगायतले जवाफ दिदै नमुना गाँउपालिकाको रुपमा बिकास गराउन बिभिन्न किसिमका योजनाहरु सन्चालन र निर्माण भईरहेका योजनाहरुमा सबै नागरिकहरु समेत आ आफनो तर्फबाट जिम्मेवार बन्न आग्रह गरे ।

    कार्यक्रम शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षता र उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend