बुटवल । बुटवलमा कार दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
बुटवलको उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा१८च६४४४ नम्बरको कार शनिबार बिहान ५ बजे तीव्र गतिका कारण पतञ्जलिको अगाडी दुर्घटना भएको हो ।
कारमा एक जना सवार रहेको र दुर्घटनाबाट उक्त व्यक्ति घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
तीव्र गतिको कार अनियन्त्रीत भई सडकको अर्को लाइनमा पुगेर पोलमा ठोक्किएको थियो । दुर्घटनाबाट कार क्षेतविक्षेत भएको थियो । दुर्घटनाबाट सडकको डिभाइडरमा क्षति पुगेको छ । घटनाको पुरा विवरण आउन बाँकी रहेको बताइएको छ ।
