Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेटमा काेशीकाे पहिलाे जीत, गण्डकी ९ विकेटले पराजित


३, चैत २०८१
  • 119
    SHARES
  • प्रधानमन्त्री कप क्रिकेटमा काेशीकाे पहिलाे जीत, गण्डकी ९ विकेटले पराजित

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा काेशी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएकाे छ ।

    गण्डकीले दिएकाे ३२ रनकाे लक्ष्य काेशीले १ विकेट गुमाएर २ सय ५० बलअघि नै भेटायाे । काेशी शकिब हकले नटआउट १६ रन बनाए । गण्डकीका सुवाश भण्डारीले १ विकेट लिए ।

    यसअघि रुपन्देहीकाे एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेकाे गण्डकी २० ओभर ४ बलमा ३१ रनमै अलआउट भयाे ।

    प्रधानमन्त्री कप क्रिकेट इतिहासमा याे सबैभन्दा कम याेगफल हाे । यसअघि गएकाे वर्षकाे संस्करणमा गण्डकीसँगकाे खेलमा काेशी २५ रनमै अलआउट भएकाे थियाे ।

    आजकाे खेलमा गण्डकीका कुनै पनि खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ९ रन बनाए । काेशीका विपिन महताेले ६ विकेट लिए ।

    याेसँगै काेशीले पाँचाैं खेलमा पहिलाे जीत हात पारेकाे छ भने गण्डकीले चार खेलमा तेस्राे हार बेहाेरेकाे छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend