Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हेफरको सहयोगमा आत्मनिर्भर बन्दै किसान


४, चैत २०८१
  • 186
    SHARES
  • हेफरको सहयोगमा आत्मनिर्भर बन्दै किसान

    बुटवल । विगत ६६ बर्षदेखि नेपालको भोकमरी, गरिवी निवारण र पशुपालन क्षेत्रमा काम गरिरहेको हेफर ईन्टरनेशनल नेपाल साना किसानहरुको दिगो बिकासमा अग्रणी भुमिका खेल्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ ।

    नेपाल सरकारसँगको साझेदारीमा साना किसानलाई खादय सुरक्षा, पारिवारिक आम्दानी वृद्धि गर्नुका साथै वातावरणीय जोखिमलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा हेफरले काम गदैँ आएको छ ।

    यसले विशेषगरी महिला, युवा, आर्थिक रुपले पछि परेका वर्ग लक्षित कार्यक्रम, कृषि, उत्पादन, पशुपालन सहकारी, बजार व्यवस्थापन र सामाजिक दायित्व जस्ता विषयलाई स्थानीय सरकारसँग सहकार्य गरी प्राविधिक पक्षमा समेत सहयोग गर्ने काम गदैँ आएको छ ।

    हेफर इन्टरनेशनल नेपालमा समुह, सामाजिक उद्यमी, महिला सहकारी र स्थानीय सरकार समेत आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानीय सरकारले उद्यमीहरुको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज गरेको छ ।

    स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा न ७ मिर्मीकी कृषक अम्विका न्यौपानेले एउटा बोटवाट साढे २ किलो आलु उत्पादन भएको बताउछिन । उनी अब आफै बिउँ उत्पादन गरेर रोप्ने सोँचमा छिन । पालिका र हेफरको सहयोगमा कोल्ड स्टोर स्थापना गरिएको र उत्पादन गरिएको कृषिजन्य पदार्थलाई चिस्यानमा राखेर बिउँ उत्पादनमा टेवा पुगेको उनको भनाई थियो ।

    मिलिजुली कृषि तथा पशुपालनका अध्यक्ष समत विश्वकर्माले बताउँछन, युवाहरु विदेश पलायन भइरहेको अवस्थामा बाझो जमिनमा ब्यवसायिक र आधुनिकमैत्री तरिकाले खेती गर्न सकिन्छ भन्ने मनोसायले टनेल निर्माण गरेका छौँ । रिब्दिकोट गाउँपालिका र हेफरको सहकार्यमा रिब्दिकोटलाई टनेलमय बनाउने अभियानमा लागेका छौँ । ५२ रोपनी जग्गामा ७ जना किसानसँग सम्झौता गरी १० वर्षको एग्रिमेन्ट गरिएको उनी बताउँछन । राज्यले कृषिमा नारा मात्र नभएर उत्पादनसँगै बजारको ग्यारेन्टी लिनुपर्ने निति बनाउनुपर्ने उनको माग छ ।

    उखु प्रशोधन केन्द्र र रुरु बहुउद्देश्यीय संस्थाका अध्यक्ष भोजराज ज्ञवालीले भने, १०४ जना उखु किसानहरु आबद्ध साना किसानहरुलाई मेसिन नहुँदा पहिले सारै गाह्रो हुने गर्दथ्यो । रुरु गाउँपालिका र हेफरको सहयोगमा भित्राईएको प्रविधिले अहिले गुँड र खुदो उत्पादन गर्न भ्याईनभ्याई छ ।

    यसैगरी कालिगण्डकी दुग्ध उत्पादन समुहका उपाध्यक्ष युवराज न्यौपानेले भन्छन, पुख्र्यौली कृषि पेशाले ३ मुरी गँहु उब्जिने ठाउँमा अहिले ३ क्विन्टल आलु रोप्दा २० क्विन्टल उत्पादन भएको छ । जबकी गहुँको मुल्य एक हजार २ सयमा बिक्रि हुन्थ्यो, अहिले उनी आलुबाट १ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन । पालिका र हेफरसँग जोडिएर काम गर्दा मनग्य फाइदा भएको उनी बताउछन ।

    शुभज्योति कृषक समुहका सदस्य कृष्णार्जुन पाण्डेले भैंसी पालेर सन्तुष्ट भएको र दुध बेचेर राम्रै आम्दानी हुने गरेको बताउँछन  । हेफरको सहयोगले आर्थिक उत्पादनमा सहयोग भएको उनको तर्क थियो ।

    मिर्मी स्वाभलम्बी दुग्ध संस्थाको सञ्चालक एकादेव भट्टराईले आफु ११ बर्ष विदेश बसेको र नेपाल आएपछि कृषिलाई प्राथमिकता दिएको बताउँदै २०७७ सालतिर भैंसी पालन फर्म सञ्चालन गरेको बताए । भैंसी पालन र दुध डेरी सञ्चालन गर्न कालिगण्डकी गाउँपालिकाको सहयोग र हेफरको आर्थिक सहयोगमा फर्मलाई अगाडि बढाएका छन ।

    स्वाभलम्बी समुह बंगुर पालक अध्यक्ष मुक्ति बहादुर रानाले बंगुर पालनबाट घाटा खादैँ आइरहेको, हेफरको सहयोगले आफु अहिले उद्यमी बनेको, हेफर र गाउँपालिकाकोे सहयोग विना कुनै प्रगति गर्न नसकेको बताए । उनले हेफरबाट तालिम सिक्ने अवसर पाएकाले अहिले आर्थिक उत्पादनमा टेवा पुगेको उल्लेख गरे ।

    बंगुर पालन किसान कोकी रानाले ज्ञान नहुँदा एक बर्षसम्म पनि पालेका बंगुरहरुको वजन बढन नसकेको, हेफरको तालिमबाट धेरै कुरा सिके र बुझेपछि प्रतिफल राम्रो पाएको बताईन । पालिका र हेफरले दिएको सहयोगले घाटा बेहोर्नु नपरेको उनको भनाई थियो ।

    तानसेन नगरपालिकाका प्रवक्ता यादव सिहं कार्कीले युवाहरुलाई स्वरोजगार बनाउन कृषि क्षेत्रमा लगानी गरेको अवस्थामा हेफर इन्टरनेशनल नेपाल जस्ता संस्थासँग सहकार्य गरेर युवा रोजगार कार्यक्रम सन्चालनमा ल्याएको बताउँछन ।

    हेफर बुटवल क्षेत्र कार्यालयका सिनियर प्रोग्राम म्यानेजर प्रेमकुमार साम्वयुले हेफर इन्टरनेशनल नेपालले नेपाल सरकारसँगको साझेदारीमा साना किसानलाई खादय सुरक्षा, पारिवारिक आम्दानी वृद्धि गर्नुका साथै वातावरणीय जोखिमलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा काम गरिरहेको बताए ।

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend