Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

१४ वर्ष कैद सजाय तोकिएका शेरचन पक्राउ


३, साउन २०८०
  • 96
    SHARES
  • १४ वर्ष कैद सजाय तोकिएका शेरचन पक्राउ

    काठमाडौं । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौँको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौँको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कर्तव्य ज्यान मुद्दामा २०६७ सालमा मुस्ताङ जिल्ला अदालतबाट एक वर्ष चार महिना कैद ठहर भएको थियो । त्यसपछि पुनरावेदन अदालत बागलुङमा मुद्दा गएको थियो ।

    प्रतिवादी सम्राट शेरचनको हकमा सुरू जिल्ला अदालतको फैसला उल्टी भई उनलाई सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो । फैसला उपर पुनः पुनरावेदन परेकामा सर्वोच्च अदालतले २०७२ सालमा १४ वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।

    त्यसपछि फरार रहेका शेरचनलाई अत्तरखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको जानकारी दिए । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend